डोजरको ठक्करबाट एक वृद्धको मृत्यु

विज्ञापन

Share post:

डोजरको ठक्करबाट दाङमा एक वृद्धको मृत्यु भएको छ ।

दाङको पेदीखोलाबाट शान्तीनगर तर्फ आउदै गरेको रा १ क ३१५ नम्वरको डोजरले गएराती साढे नौ बजे हारीचार भन्ने स्थानमा ठक्कर दिदा शान्तीनगर गाउपालिका वडा नम्वर १ हारीचार बस्ने ६६ वर्षिय लाल बहादुर थापाको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

डोजरको ठक्करबाट थापाको टाउको र दाहिने हातमा गम्भिर चोट लागेको अस्पतालको भनाइ छ । मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको छ । ठक्कर दिने चालक र डोजरलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।

ताजा समाचार