पोखरा–पोखराको मनिपाल शिक्षण अस्पतालमा चम्ल्याहा शिशुको जन्म भएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले बिहीबार ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । चारैजना शिशु र आमाको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।
डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत चार बच्चाको जन्म दिइएको हो । ७ चिकित्सक र स्वास्थ्यकर्मीको पहलमा करिब ४० मिनेट लगाएर शल्यक्रियामार्फत बच्चाको जन्म गराइएको थियो । चारै शिशु करीब डेढ केजीका रहेका छन् । पहिलो बच्चा छोरी ९तौल १।६ किग्रा०, दोश्रो छोरा ९१।३ किग्रा०, तेश्रो छोरी ९१।३ किग्रा०, चौथो छोरी ९१।४ किग्रा० रहेका छन् ।
भिडियो एक्सरे गर्दा तीनवटा बच्चामात्रै देखिएको तर शल्यक्रिया गर्दा चारवटा भेटिएको डा पाण्डेले जानकारी दिए ।