महेन्द्रनगर ।
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायको माग गर्दै जिल्ला अदालत (कञ्चनपुर) मा धर्नामा बसेका बेला ‘प्रहरी हस्तक्षेपबाट’ घाइते अधिकारकर्मी शारदा चन्दलाई रेफर गर्न कुनै पनि चिकित्सकलाई धम्की नदिएको धर्नारत अधिकारकर्मीहरुले दाबी गरेका छन् ।
अधिकारकर्मीद्वय निर्मला जोशी(भट्ट) र लक्ष्मी मल्ल(साउँद)ले बिहिवार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै कुनै पनि स्वास्थ्यकर्मी र चिकित्सकलाई धम्की नदिएको जनाएका हुन् ।
उनीहरुले आफुहरुले चन्दलाई अन्यत्र रेफर गर्नका लागि दवाव र धम्की नदिएको जनाउदै अरुले दिएको भए आफुहरुलाई थाहा नएको स्पष्ट पारेका छन् ।
घाइते अधिकारकर्मी चन्दलाई महाकाली अस्पतालमा उपचार सम्भव नभए पछि धनगढी रेफर गरिएको थियो । निर्मलाको न्याय तथा न्यायिक आन्दोलनका घाइतेहरु उपचार खर्चको माग राख्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा धर्ना बस्ने कार्यक्रम थियो ।
सोही धर्नामा प्रहरीले हस्तक्षेप गरे पछि उत्पन्न झडपमा अधिकारकर्मी चन्द घाइते भएकी थिइन ।
अधिकारकर्मी चन्दलाई गम्भिर घाइते नहुँदै रेफर गरिदिन र गम्भिर भएको रिर्पोट बनाईदिन केही अधिकारकर्मीले अस्पतालमा धम्की दिएका विषय मिडियामा सार्वजनिक भएपनि अधिकारकर्मीद्वय निर्मला र लक्ष्मीले समाचारको खण्डन गर्दै आफुहरुबाट यस्तो नभएको स्पष्ट पारेका छन् ।
यस्तै बुधबार राष्ट्रिय मानव अधिकार आयोगको टोलीलले समेत शारदाको स्वास्थ्य अवस्थाको जानकारी दिएको थियो ।