भम्रण वर्ष २०२०ः ब्रिक्सटन कलेजद्धारा साईकल ¥याली

Share post:

महेन्द्रनगर । नेपाल सरकारले अंगे्रजी वर्ष २०२० लाई नेपाल भम्रणका रुपमा मनाइरहेको छ । देश भर अहिले विभिन्न कार्यक्रम गरी भम्रण वर्ष मनाइदै छ ।

कञ्चनपुर स्थित भीमदत्त नगरपालीका–६ स्थित ब्रिक्सटन कलेजले पनि पर्यटन प्रवद्र्धनका लागी साईकल ¥याली गर्ने भएको छ ।

नेपाल भम्रण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले ब्रिक्सटन कलेजले भोली (शुक्रवार)साईकल ¥याली आयोजना गर्न लागेको कलेजका प्रधानाध्यापक नीशा भट्टले बताइन् ।

उनका अनुसार पर्यटन प्रवद्र्धन तथा विकासका लागी आयोजित उत्त कार्यक्रममा करिब ३ सय विद्यार्थीहरु सहभागी हुनेछन् ।

उनले भनिन् ‘साईकल ¥याली कलेज बाटा शुरु भई जिल्ला स्थित पर्यटकिय तथा धार्मीक क्षेत्र भुमकेनी धाम सम्म हुनेछ ।’ उनले थपिन् ‘उक्त ¥याली प्रतिस्पर्धाको लागी नभई पर्यटन प्रवद्धनका लागी मात्र हो ।’

कार्यक्रम भीमदत्त नगरपालीकाका प्रमुख सुरेन्द्र बिष्टको प्रमुख आथित्यतामा सञ्चालन हुने प्रधानाध्यापक भट्टले जानकारी दिईन् । ब्रिक्सटन कलेजले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा समाचार