ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरद्धारा ६ महिनामा साढे २९ लाख राजस्व संकलन

Share post:

महेन्द्रनगर ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्ष २०७६/०७७ को ६ महिनाको अवधिमा २९ लाख ४७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

सवारी नियम उल्लघन गर्ने ५ हजार २ सय ५६ सवारी साधनका चालक तथा सवारी धनिबाट सो राजस्व रकम अशुल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७६/०७७ को ६ महिनाको अवधिमा सवारी नियम उल्लघन गर्ने ५ हजार २ सय ५६ सवारी साधनका चालक र धनि कारबाहीमा परे ।

चालु आर्थिक वर्ष २०७६/०७७ को ६ महिनाको अवधि अर्थात पुस मसान्तसम्ममा सवारी नियम उल्लघन गर्ने बस, ट्रक, जीप, कार, ट्याक्टर, मोटरसाइकल र टेम्पो लगायतका सवारी साधनका चालक र धनिलाई कारबाही गरेर राजस्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश कुमार केसीले बताए ।

चेकजाँचमा कडाई गरिएकाले सवारी नियम उल्लघन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको बताए । सवारी नियम उल्लघन गरेर सवारी साधन चलाउने क्रम बढ्दै गएको छ । जसले गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको राजस्व संकलन दर पनि बढेको देखिन्छ ।

‘सवारी साधन चेकजाँचमा कडाइ गर्दा राजस्व संकलन दर बढ्दै गएको छ ।’ प्रहरी निरीक्षक केसीले भने, ‘मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, लाइसेन्स तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाएर सवारी साधन चलाउनेहरु कारबाहीको दायरामा आए ।’

ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार राजस्क संकलन क्रम बढ्दै छ । चालु आर्थिक वर्ष २०७६/०७७ को श्रावणमा ७ सय ९० सवारी साधन कारबाहीबाट ४ लाख ३० हजार ५ सय, भाद्रमा ८ सय १२ सवारी साधनबाट ४ लाख ५४ हजार ५ सय, असोजमा ८ सय ५५ साधनबाट ४ लाख ८२ हजार, कार्तिकमा ८ सय ९९ साधनबाट ५ लाख ७० हजार, मंसिरमा ९ सय ५७ सवारी साधन कारबाहीबाट ५ लाख ३८ हजार ५ सय र पौषमा ९ सय ४३ सवारी साधन कारबाहीबाट ५ लाख ३५ हजार राजस्व भएको छ ।

कारबाही पर्नेहरु सवारी साधन चालक तथा धनिमध्येबाट सबैभन्दा बढि मोटरसाइकलमा रहेको छन् । ६ महिनाको अवधिमा २ हजार ८ सय ५ मोटरसाइकल कारबाहीमा परे ।

जसबाट १६ लाख १४ हजार ५ सय राजस्व संलन भयो ।

सोही अवधिमा ७ सय ६८ वटा जीप तथा कार कारबाहीबाट ४ लाख ६ हजार ५ सय, ७ सय ४४ वटा ट्याक्टर कारबाहीबाट ४ लाख ११ हजार, ४ सय २४ वटा टेम्पोबाट २ लाख २३ हजार ५ सय, ३ सय ७९ वटा ट्रक कारबाहीबाट २ लाख १९ हजार तथा १ सय ३६ वटा बस कारबाहीबाट ७३ हजार राजस्व संकलन भएको छ ।

ताजा समाचार