जनज्योती बहुमुखी क्याम्पसमा नेवि संघले लगाएको ताला खुल्यो

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित जनज्योती बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले लगाएको अनिश्चितकालिन ताला खुलेको छ ।

शुल्क वृद्धि फिर्ता लगायतका विभिन्न माग गर्दै नेवि संघले क्याम्पस प्रशासनमा लगाएको ताला खुलेको नेवि संघका विद्यार्थी नेता लोकेन्द्र भण्डारी (लोकप्रिय) ले बताए ।

पुस २३ गते नेवि संघले क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको थियो ।

क्याम्पस प्रशासनसंग विभिन्न सहमति पश्चात् ताला खोलिएको विद्यार्थी नेता भण्डारीले बताए । प्रशासनसंग भएको सहमति अनुसार वृद्धि गरिएको शुल्क घटाइएको छ ।

यस्तै क्याम्पस प्रकाशित गर्दै आएको ‘मुखपत्र’ ज्योतिको समेत तयारी अन्तिम चरणमा पुगेकोले केही दिनमै प्रकाशित गर्ने सहमति भएको छ ।

ताजा समाचार