लागूऔषधसहित एकै दिन ८ जना पक्राउ

Share post:

इलाका प्रहरी कार्यलय लहानबाट खटिएको प्रहरी टोलीले सिराहाका विभिन्न स्थानबाट एकै दिन लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । स११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागूऔषधसहित गएराति लहान नगरपालिका– ८ का २२ वर्षीय राकेशकुमार महतो, २० वर्षीय कान्छा महतो, २२ वर्षीय सुमित गुप्ता, लहान– २ का २५ वर्षीय लक्ष्मेश्वर महतो र २६ वर्षीय धनिकलाल महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट लागूऔषध ब्राउन सुगर एक ग्राम ९० मिलिग्राम र गाँजा १० ग्राम ६७० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । यस्तै सिरहाको भगवानपुर गाउँपालिका– ५ इनर्वाबाट प्रहरीचौकी ठाडीको टोलीले लागूऔषधसहित लहान– ५ का २० वर्षीय मोहम्मद समीरलाई पक्राउ गरेको छ । पक्राउ परेका समीरको साथबाट लागुऔषध फेनारगन सात एम्पुल, डाजिल्याब सात एम्पुल, नामलेबल नभएको सात एम्पुल बरामद् गरिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार