यसरी बचाए अस्ट्रेलियाका अग्नि नियन्त्रकहरुले २० करोड वर्ष पुरानो झण्डै २ सय रुख (भिडियो)

Share post:

काठमाण्डौ – अस्ट्रेलियामा आगलागीका कारण ठूलो क्षति हुँदा एउटा राम्रो समाचार पनि प्राप्त भएको छ ।

आगलागीका कारण ५० लाख एकड क्षेत्रमा फैलिएको जङ्गल नष्ट भइसकेको छ । तर अग्नि नियन्त्रकहरु झण्डै दुई सय वटा प्राचीन र महत्वपूर्ण रुख बचाउन सफल भएका छन् ।

वोलेमी पाइन प्रजातिको यी रुखलाई स्थानीयले ‘डाइनोसर ट्रीज’ को नाम पनि दिएका छन् । यी रुखहरु २० करोड वर्षदेखिको पुरानो भएको मानिएको छ । जङ्गल आसपासको आगो निभाएपछि अग्नि नियन्त्रकहरु हेलिकोप्टरमार्फत जङ्गलको बीच यी रुख रहेको ठाउँसम्म पुग्न सफल भए ।

न्यु साउथ वेल्सका पर्यावरण मन्त्री म्याट केनका अनुसार वोलेमी पाइन्स रुख विश्वमा केवल ब्लु माउन्टेन्सको जङ्गली इलाकामा मात्र पाइन्छ । यस्ता मात्र दुई सय वटा रुख बचेका छन् । तर यी रुख रहेको वास्तविक क्षेत्र गोप्य राखिएको छ ।

कसरी बचाइयो ती रुख 

आगलागी हुने बित्तिकै ती रुख बचाउनको लागि एक अपरेशन सुरु गरिएको केनले बताए । आगो ती रुखतर्फ बढिरहेको थियो । अग्नि नियन्त्रकहरुले पहिला ‘वाटर बम्बिङ्ग जेट’ को सहायताद्वारा ती रुख वरिपरि पानी र आगो निभाउने फोम छर्किए । आगो कम भइसकेपछि उनीहरु जङ्गलभित्र छिरे । डाइनोसर ट्रीज ननिक जेनेरेटरबाट चल्ने एक सिँचाइ प्रणाली लगाए, जसका कारण रुखमा आगोको प्रभाव कम परोस् ।

२६ वर्षअघि ती रुखहरु अझै पनि अस्तित्वमा छन् भन्ने कुरा थाहा भएको केनले बताए । त्यसअघि यी रुख लोप भइसकेको बताइन्थ्यो ।एजेन्सी 

ताजा समाचार