विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ? (भिडियो)

Share post:

काठमाडौँ । बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुव्यर्वहार गरेको आरोप लगाउँदै लाइभमार्फत प्रहरीलाई गाली गरेपछि आस्था राउत चर्चासँगै विवादमा तानिएकी छिन् । सामाजिक सञ्जालमा प्रहरीलाई गाली गर्दै राखेको भिडियो उनले हटाएकी थिइन् ।

बुधवार उनी भारतको सिक्किममा हुन लागेको रिम्बी मेलामा आफ्नो प्रस्तुति दिनका लागि भद्रपुर जाँदै थिइन् ।

विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरे राउतले बताएकी थिइन् । उनले ती महिला प्रहरीले आफूलाई जबरजस्ती गरेको, ज्याकेटमा समाएर न्याँकेको समेत बताएकी थिइन् ।

तर, खबरहबलाई प्राप्त विमानस्थलको सीसीटीभी फुटेजमा पनि राउत र ती महिला प्रहरीबी झगडा भएको देखिन्छ । भिडियोमा देखिए अनुसार ती महिला प्रहरीले राउतको ज्याकेटमा कफी खन्याइदिन खोजेको देखिन्छ ।

आस्थाले  पनि ती महिला प्रहरीले कफी लैजा नत्र तेरो झोलामा खन्याइदिन्छु भन्दै दुव्र्यवहार गरेको बताएकी थिइन् ।

भिडियो सौजन्यः रातोपाटी

ताजा समाचार