कास्कीमा हिमपहिरोमा परेर २ नेपालीसहित ७ पर्यटक बेपत्ता

विज्ञापन

Share post:

काठमाडौँ ।
कास्कीस्थित अन्नपूर्ण आधार शिविरको पर्यटकीय पदमार्गमा हिमपहिरो जाँदा २ नेपालीसहित ७ पर्यटक बेपत्ता भएका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा दुई नेपाली गाइडसहित चार कोरियाली र एक चिनियाँ पर्यटक हराइरहेका हुन्।

गण्डकीस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार अन्नपूर्ण बेसक्याम्प ९एबीसी० जाने क्रममा नौ कोरियालीमध्ये चार जना सम्पर्कविहीन भएका हुन्। यसैगरी एक चिनियाँ पर्यटक र दुई नेपाली गाइड पनि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

भारी हिमपातले उक्त मार्गमा तत्काल ओहोरदोहोर गर्न सकिने अवस्था छैन। स्थानीय र प्रहरीले उक्त स्थानमा फोनले काम नगरेकाले पनि खोजीमा समस्या भएको बताएका छन्।

हिमपहिरामा परी शुक्रबार दिउँसोदेखि बेपत्ता उनीहरूको खोजी गर्न प्रहरी घटनास्थलतर्फ गएको बताइएको छ।

ताजा समाचार