गोलो स्मार्टफोन बजारमा, यस्ता छन् विशेषता

Share post:

सिइएस २०२० मा राखिएको गोलो आकारको [सारकल फोन]स्मार्टफोनले धेरैको ध्यान तानेको छ । अमेरिकाको स्टार्टअपले यस हप्ता सिइएसमा यो स्मार्टफोन प्रदर्शनीमा राखेको हो । लस भेगसमा आयोजित प्रदर्शनीमा अन्य उत्पादन मध्य सारकल निकै विचित्र किसिमको उत्पादन रहेको छ ।

यसको मूल्य ७ सय अमेरिकी डलर रहेको छ । यस किसिमको डिजाइनको टु जी मोबाइलको फोन यस अघि २०१६ मा आएको थियो ।

३।५ इन्चको गोलो आकारको मोबाइलमा टच स्क्रिनसहित नाइन अपरेटिङ सिस्टमको व्यवस्था गरिएको छ । मोबाइलमा अगाडि र पछाडि १३ मेगा पिक्सेलको क्यामरा छ । विशेष गरी यो मोबाइल सानो हात भएको व्यक्तिहरूको लागि बनाइएको हो ।

दुईवटा सिमको प्रयोग गर्न सकिने यो मोबाइलमा २ वटा हेडफोन ज्याकको सुविधा छ । यसमा २ जी बि र्‍याम, १६ जी बि को स्टोरेज र दुई हजार एमएचको ब्याट्री प्रयोग गरिएको छ ।

सार्कल कम्पनीका सिइओ क्रिस्टिना सायरका अनुसार, अन्य विभिन्न गेमिङ एपलाई यो गोलाकारमा फिट गर्न केही काम भने भइरहेका छन्।

सार्कल फोनमा एप्पल आइफोन तथा स्यामसुङ ब्रान्डमाभन्दा फरक किसिमको सिस्टम राखिएको छ ।

ताजा समाचार