सुदूरपश्चिम प्रदेश युवा सञ्जालको अध्यक्षमा भट्ट

Share post:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा प्रदेश स्तरीय युवा सञ्जाल गठन गरिएको छ । शनिबार महेनद्रनगरमा सम्पन्न युवाहरूको भेलाले बासुदेव भट्टको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लाका युवाहरूको पक्षमा काम गर्ने , युवाहरुलाई रोजगारी तिर जोड्ने तथा उद्यमशिल बनाउने,सरकारका राम्रा काममा सहयोग गर्ने लगाएतका सामाजिक कार्य गर्ने उद्देश्यले सञ्जाल गठन गरीएको अध्यक्ष भट्टले बताए ।

त्यस्तै उत्त प्रदेश स्तरीय युवा सञ्जालको उपाध्यक्षमा निर्मला टेर (बैतडी), सचिवमा तपेन्द्र विष्ट (डडेल्धुरा), सहसचिवमा प्रमिला ढुंगाना (अछाम), कोषाध्यक्षमा अमन ओखेडा (कैलाली) चयन भएका छन् ।

समितिको सदस्यमा नरेश रोकाया (बझाङ), तोयराज जोशी (कञ्चनपुर) र निशा मलासी (डोटी), गोरख थापा (बाजुरा) जयबहादुर पाल (दार्चुला) केशव खड्का (कञ्चनपुर) रहेका छन् ।

ताजा समाचार