महेन्द्रनगर । विश्वविद्यालयमा भोलेन्ट्रीका रुपमा अमेरिकी दूतावासबाट प्राध्यापनका लागि आएका प्राध्यापक जेम्स जोन्स माथि गरीएको शोषण प्रति नेपाल विद्यार्थी संघ कञ्चनपुर र अखिल(क्रान्तिकारी)सेति–महाकालीले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।
जोनलाई विश्वविद्यालयका प्राध्यापकले राजेन्द्र जोशी लगायतको समुहले आर्थिक शोषण र दुव्र्यवहार गरी १० महिनाका लागि आएका प्राध्यापकलाई ४ महिना मै जबर्जस्ती विभिन्न झुठो आरोप लगाएर फिर्ता पठाईएको विद्यार्थी संगठनले जनाएको छ ।
यो पनिःसुप विश्वविद्यालयका प्राध्यापक नै बिचौलिया !
‘यस घटनाले सु.प. विश्वविद्यालयको मात्रै नभई समग्र देशकै अपमान र बेइज्जत गराएको छ । यस्तो गतिविधी गर्ने विचौलिया समूहलाई सत्यतथ्य छानविन गरि आवश्यक कार्वाही गर्न विश्वविद्यालय प्रशासनसंग जोडदार माग गर्दछौ ।’ विज्ञप्तिमा भनिएको छ ।
विद्यार्थी संगठनहरुले घटनको सत्यतथ्य छानविन गरि दोषिलाई कारबाही गर्न माग समेत गरेको छ । जोन शुक्रवार आफुमाथि आर्थिक शोषण तथा दुव्र्यवहार गरेको भन्दै महेन्द्रनगर छोडेर गएका थिए ।
विश्वविद्यालयमा उपकुलपति र रजिष्टार नियुक्त गर्न माग
विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेको उपकुलपति र रजिस्टार नियुक्ति प्रक्रिया अगाडी बढाउन सरकारसँग माग समेत गरेको छ ।
आइतबार संयुक्त विज्ञप्ती जारी गर्दै विश्वविद्यालयमा उपकुलपति र रजिस्टार नियुक्ति प्रक्रिया यथाशिर्घ अगाडि बढाउन माग गरेको हो ।
यसै विद्यार्थी संगठनले सरकारद्वारा प्रस्तावित उच्च शिक्षा ऐन २०७६ मा सुदूरपश्चिम विश्व विद्यालयलगायतका विश्वविद्यालय प्रादेशिक सरकारअन्तर्गत पारेको जनाउँदै ऐन मस्यौदा सच्याउन सरकारसँग माग गरेको अखिल(क्रान्तिकारी)सेति–महाकालीका संयोजक विरेन्द्र शाहले बताउँछन् ।
‘प्रस्तावित उच्च शिक्षा ऐनमा विश्वविद्यालयलाई प्रदेश सरकार अन्तर्गत राखेर केन्द्रिय सरकारले आफ्नो दायित्वबाट पञ्छिन खोजेको छ,’ उनले भने,‘यो प्रस्तावलाई सच्याउनु पर्छ ।’
*फोटोः जेम्स जोन्स