विराटनगर । मोरङको पथरीशनिश्चरेमा ‘ब्ल्याकमेल’ गरेर एक २२ वर्षीया विवाहित युवतीमाथि बलात्कार भएको छ। बलात्कारको अभियोगमा पथरीशनिश्चरे नगरपालिका ७ का २५ वर्षीय रविन आचार्य पक्राउ परेका छन् ।
तीन महिनादेखि विभिन्न खाले डर देखाएर ‘ब्ल्याकमेल’ गर्दै प्रभावमा पारेर बलात्कार गरिरहेको किटानी जाहेरी परेपछि घटनाको अनुसन्धानका लागि आचार्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । उनकाअनुसार प्रारम्भिक अनुसन्धानबाट सात पटक भन्दा बढी बलात्कार गरेको खुलेको छ ।
पछिल्लो पटक चार दिनअघि बलात्कार गरेको खुलेको छ । प्रहरीका अनुसार फेसबुकमार्फत युवाले ‘ब्ल्याकमेल’ गरेको पुष्टि भएको छ। ‘ब्ल्याकमेल’ गरिएका धेरै प्रमाण प्रहरीले जुटाएको छ। फेसबुकमा जोडिएका दुवै जनाबीच कुराकानी हुने गरेको र त्यसक्रममा युवाले ुब्ल्याकमेलु गरेको डीएसपी गिरीको भनाइ छ ।
उनकाअनुसार ‘मसँग तिम्रो नांगो फोटो छ । त्यसलाई भाइरल बनाइदिन्छु । यदि नगर्नु हो भने मैले भनेको मान्नुपर्छ,’ भनेर युवाले युवतीसँग‘ ‘ब्ल्याकमेल’ गरेको खुलेको छ। त्यसपछि शरण पर्न गएकी युवतीलाई आचार्यले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी गिरीले बताए ।
उनकाअनुसार सामाजिक सञ्जालमा फोटो भाइरल बनाइदिन्छु भन्दै पटक पटक ‘ब्ल्याकमेल’ गरेर बलात्कार गर्ने गरेको कुरा युवतीले आफ्ना श्रीमानलाई सुनाइन् ।
त्यसपछि पारिवारिक सल्लाहअनुसार नै युवतीले प्रहरीमा जाहेरी दिएकी हुन् । युवाले पनि आफूले सात पटकसम्म बलात्कार गरेको स्वीकार गरेका छन् । ‘अरु केटाले फेसबुकको ग्रुप म्यासेन्जरु बाट नांगो फोटो भाइरल बनाइदिने भन्दै युवतीलाई डर देखाएछन् । त्यसपछि ती युवती मसँग शरणमा आइन्,’ प्रारम्भिक अनुसन्धानका क्रममा युवाले भनेको कुराको जानकारी दिँदै डीएसपी गिरीले भने, ‘मैले पनि भाइरल बनाउनबाट जोगाउनुपर्ने भए आफूले भनेको कुरा मान्नुपर्छ भन्ने सर्त राखेँ । त्यसमा युवतीको पनि सहमति थियो।’
प्रहरीले युवतीलाई आफ्नो फेसबुक म्यासेन्जरमा विभिन्न हिसाबले ‘ब्ल्याकमेल’ गर्दै नांगा फोटा पठाउन प्रस्ताव गर्दै दबाब दिएको पनि खुलेको छ ।
युवाले बलात्कारका लागि ‘ब्ल्याकमेल’ गरेका धेरै प्रमाण प्रहरीसँग सुरक्षित रहेको डीएसपी गिरीले बताए । पक्राउ परेका आचार्यविरुद्ध आइतबार जबरजस्ती करणी मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए।