नक्कली नोटसहित दुई जना पक्राउ

Share post:

काठमाडौं । प्रहरीले काठमाडौंको कलंकीबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र सोही ठाउँ बस्ने २२ वर्षीय रवि आले मगर रहेका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका(१४ कलंकी चोकबाट आइतबार बिहान पक्राउ गरेको हो । उनीहरुको साथबाट १ हजार दरको ३१ थान नेपाली नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा समाचार