महेन्द्रनगर ।
कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडाबाट चरेशसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ५१ वर्षीय मदनदेव भट्ट छन् ।
उनको साथबाट ३ सय ७० ग्राम चरेश बरामद गरिएको लागु औषध ब्युरो महेन्द्रनगरले जनाएको छ ।
बिशेष सूचनाको आधारमा चेकजाँच गर्दा सो परिमाणको चरेश भट्टको घरमा भेटिएको हो । भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।