दोधारा–चाँदनीमा साथीकै मिलोमतोमा झुक्काएर बलात्कार

Share post:

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालीकामा एक युवतीलाई झुक्काएर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

महाकाली नगरपालीका–६ बस्ने वर्ष १८ की लक्ष्मी(नाम परिवर्तन) लाई उनकै साथी कृष्ण(नाम परिवर्तन)को मिलोमतोमा झुक्काएर महाकाली नगरपालीका–८ का २२ बर्षिया राम(नाम परिवर्तन)ले बलात्कार गरेको आरोप छ ।

युवतीका साथी कृष्णले उनलाई झुक्काएर नजिकैको नरसरीमा लगे र त्यहा रामले आफुलाई बलात्कार गरेको भन्दै युवतीले जाहेरी दिए पछि कृष्ण र रामलार्ई प्रक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दोधार–चाँदनीका प्रहरी निरीक्षक लाल बहादुर बमले दैनिक सञ्चारलाई बताए ।

हाल प्रहरीले पक्राउ परेकाहरुको परिचय सार्वजनिक गरेको छैन ।

ताजा समाचार