‘जोनमाथि दुव्र्यवहार गर्नेले देशकै अपमान गरेको छ’

Share post:

महेन्द्रनगर । कञ्चनपुर स्थित सुदूरपश्चिम विश्वविद्यालयमा अंग्रेजी शिक्षा भाषाका शिक्षक अमेरीकन प्राध्यापक जेम्स जोन माथि गरीएको आर्थिक शोषण तथा दुव्र्यवहार प्रती प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल,सुदूरपश्चिम विश्व विद्यालय केन्द्रिय क्याम्पस इकाई समिति महेन्द्रनगरले विज्ञप्ति जारी गरेको छ ।

१० महिनाको लागी आएका प्राध्यापक जोनले आफुमाथि आर्थिक शोषण तथा दुव्र्यवहार भएको भन्दै ४ महिनामा नै शुक्रवार नेपाल छाडेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक लगाएतको समुहले अमेरीकन प्राध्यापक माथि गरेको आर्थिक शोषण तथा दुव्र्यवहारले विश्वविद्यालय तथा देशकै अपमान भएको भन्दै दोषीलाई कारवाही गर्न विज्ञप्तिमा उल्लेख गरीएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक राजेन्द्र प्रशाद जोशीले जोनबाट महेन्द्रनगरमा एक महिनाको ७५ हजार रुपैया घर भाडा असुल गर्थे ।

  • सम्बन्धित सामाग्रिः
  1. सुप विश्वविद्यालयका प्राध्यापक नै बिचौलिया !
  2. ‘आर्थिक शोषण र दुव्र्यवहारले देशकै बेइज्जत भयो

ताजा समाचार