दोधारा–चाँदनीमा झुक्काएर बलात्कार गर्ने २ युवक पक्राउ

Share post:

महेन्द्रनगर । कञ्चनपुर स्थित माहाकाली नगरपालीकामा एक युवतीलाई झुक्काएर बलात्कार गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन् ।

माहाकाली नगरपालिका–६ की १८ वर्षिया लक्ष्मी थापा (नाम परिवर्तन गरिएको) लाई रातीको समयमा झुक्काएर माहाकाली नगरपालिका–८ का २२ वर्षिया दिनेश रोकायाले बलात्कार गरेको आरोप लागेको छ ।

गएराती २२ वर्षका बिशाल थापा(मेरो साथी) ले फोन गरेर ‘एमआईको फोन तिम्रो लागी किनिदिएको छु ।

मैले मेरो साथीलाई तिम्लाई लिन पठाएको छु भन्दै रोकाया घर नजिक मोटरसाईलमा आफुलाई लिन आएको र उनको मोटरसाईकलमा बसेर आफु गएको र माहाकाली नगरपालीका–९ नजिक रहेको संसारीमाई मध्यवर्ती सामुदायिक बन नजिक रोकायाले आफुलाई बलात्कार गरेको भन्दै युवतीले जाहेरी दिएकी छन् ।

युवतीले बिशाल थापाले उनलाई झुक्काएर सामुदायिक बनमा बोलाएर दिनेश रोकायाले आफुलाई बलात्कार गरेको भन्दै युवतीले जाहेरी दिए पछि उनिहरुलार्ई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीका प्रहरी निरिक्षक लाल बहादुर बमले दैनिक सञ्चारलाई बताए । हाल पक्राउ परेका रोकाया र थापाको अनुसन्धनान भइरहेको छ ।

ताजा समाचार