अनेरास्ववियू कञ्चनपुरको संयोजकमा बिष्ट, सह–संयोजकमा बस्नेत

Share post:

महेन्द्रनगर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू कञ्चनपुरको संयोजकमा बिरेन्द्र राज बिष्ट चयन भएका छन् । सह–संयोजकको जिम्मेवारी ओम बस्नेतले पाए ।

केन्द्रीय कमिटिको निर्णय अनुसार बिष्टले संयोजक र बस्नेतले सह–संयोजकको जिम्मेवारी पाएका हुन ।

तत्कालीन माओवादी केन्द्र र एमाले एकिकरण पश्चात् गठन भएको नेकपाको विद्यार्थी संगठनको जिम्मेवारीको टुङगो लागेको हो ।

सोही अनुसार नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरको संयोजकको जिम्मेवारी तत्कालीन माओवादी र सह–संयोजकको जिम्मेवारी तत्कालीन एमालेले पाएको छ ।

संयोजकमा मनोनित भएका बिष्ट यस अघि तत्कालीन माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष थिए भने सह–संयोजक बस्नेत एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षको जिम्मेवारीमा थिए ।

ताजा समाचार