महेन्द्रनगर । सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको जिल्ला नेतृत्व बाडफाँडमा असन्तुष्टि देखिएको छ ।
अनेरास्ववियूले तत्कालीन माओवादी निकट अखिल (क्रान्तिकारी)लाई संयोजक र एमाले निकट अनेरास्ववियुलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।
यो पनिः अनेरास्ववियू कञ्चनपुरको संयोजकमा बिष्ट, सह–संयोजकमा बस्नेत
एकता पछि टुङगो लागेको अनेरास्ववियू कञ्चनपुर कमिटिमा जिम्मेवारीको बिषयलाई लिएर असन्तुष्टि देखिएको छ ।
अनेरास्ववियूको सह–संयोजकको जिम्मेवारी पाएको तत्कालीन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष ओम बस्नेतले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जाहेर गरे ।
‘संगठनले गरेको उच्च मूल्याङकन हिसाब किताब मैलेँ पनि राखेको छुँ, तिमिहरुले गरेको हिसाब किताबको पाई–पाई तुक्ता गर्ने छुँ ।’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।
उता तत्कालीन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कञ्चनपुरका सह–सचिव रहेका कमल रोकायले ४/५ वर्षसम्म (सह–सचिव) जिम्मेवारी पुरा गर्नु भुल भएको जनाए ।
‘अरु लाई दोष दिदैन न गुनासो न रिस न डाहा न त खुशी अनेरास्ववियु को करिब ४/५ बर्ष एउटै पद (सह–सचिव) मा रहि संगठनले दिएको जिम्मेवारी पुरा गर्नु नै महान भुल हो जस्तो महसुस गरे आज । हुन पनि हो म भन्दा अगाडि त अध्यक्ष , उपाध्यक्ष र सचिव हुन्छन नि हैन त कमरेड ।’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।