अनेरास्ववियू सह–संयोजक बस्नेतले भने:‘पाई–पाई चुक्ता गर्ने छुँ’

Share post:

महेन्द्रनगर । सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको जिल्ला नेतृत्व बाडफाँडमा असन्तुष्टि देखिएको छ ।

सोमवार अनेरास्ववियूले तत्कालीन माओवादी निकट अखिल (क्रान्तिकारी्) का विरेन्द्रराज विष्टलाई संयोजक र एमाले निकट अनेरास्ववियुका ओम बस्नेतलाईलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।


यो पनि पढ्नुहोस्ः


एकता पछि टुङगो लागेको अनेरास्ववियू कञ्चनपुर कमिटिमा जिम्मेवारीको बिषयलाई लिएर असन्तुष्टि देखिएको छ ।

सह–संयोजकको जिम्मेवजारी पाएका बस्नेत पक्षले सामाजिक सञ्जाल फेसबुक मार्फत जिम्मेवारी बाडफाँड प्रति असन्तुष्टि जाहेर गरेका छन् ।

‘संगठनले गरेको उच्च मूल्याङकन हिसाब किताब मैलेँ पनि राखेको छुँ, तिमिहरुले गरेको हिसाब किताबको पाई–पाई तुक्ता गर्ने छुँ ।’बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।

विष्ट तत्कालिन माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष र बस्नेत पनि एमाले निकट अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष थिए ।

ताजा समाचार