रेडपाण्डाको छालासहित ३ जना पक्राउ

Share post:

काठमाडौं । ललितपुरबाट प्रहरीले रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोट बारेकोट नगरपालिका(५ का २० वर्षीय हेमराज बिक, वडानम्बर ४ का २० वर्षीय तिलक बस्नेत र जाजरकोटकै नलगाड नगरपालिका(५ का २३ वर्षीय राजेन्द्र चुनारा रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका(१७ ग्वार्कोबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुबाट रेडपाण्डाको एक थान छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।।

ताजा समाचार