महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई संघीय सरकार अन्तर्गतनै राख्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघले आयोजना गरेको कार्यक्रमका सहभागीले विश्वविद्यालयलाई संघीय सरकारमै राख्नुपर्नेमा जोड दिएका हुन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलगायतका ६ विद्यालयलाई प्रदेश सरकारअन्तर्गत राख्ने प्रस्ताव गरिएको बताउँदै विश्वविद्यालयका पूर्व डिन भारती जोशीले विश्वविद्यालयहरुलाई संघीय सरकार अन्तर्गतनै राख्नुपर्ने बताइन् ।
‘सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउनु हुँदैन्,’ उनले भनिन्,‘यस विश्वविद्यालयलाई संघीय सरकारले सञ्चालन गर्नुपर्छ ।’
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको विद्यानमा नेपाल सरकारको पूर्ण स्वामित्व र लगानी हुने उल्लेख गरिएको विश्वविद्यालयका प्राध्यापक यज्ञराज पाठक बताउँछन् ।
‘५ विश्वविद्यालय बाहेक अन्य विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउने प्रस्ताव गरिएको छ,’ उनले भने,‘सरकारले विद्यान विपरित प्रदेश अन्तर्गत राख्न खोजेको छ ।’
सरकारले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा न्यून लगानी गरेको उनको भनाई छ । ‘सरकारले आफ्नो लागनी गर्ने दायित्वबाट पन्छिन खोजेको छ,’ उनले भने,‘सरकारले यहाँको विश्वविद्यालयमा लगानी बढाउनु पर्छ ।’
सरोकारवालाले अहिलेसम्म विश्वविद्यालय सुधारमा चासो नदिएको उनि बताउँछन् । ‘सरोकारवाला निकायले यस विश्वविद्यालयको अनुगमन तथा निरिक्षण गरेको छैन्,’ उनले भने,‘त्यस कारण विश्वविद्यालयमा विवाद भइरहेको छ ।’
सुदूरपश्चिम विश्वविद्यालयको पदाधिकारी चयन प्रक्रिया अपारदर्शी भएको प्राध्यापक पाठक बताउँछन् । उच्च शिक्षा आयोगका प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने उनको भनाई छ ।
सरकारले नयाँ प्रादेशिक विश्वविद्यालय बनाउने विद्यार्थी नेता बिरेन्द्रराज भट्ट बताउँछन् । ‘यस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई केन्द्र सरकार अन्तर्गतनै राख्नुपर्छ,’ उनले भने,‘सरकारले प्रदेश अन्तर्गत विश्वविद्यालय बनाउने हो भने नयाँ खोल्नु पर्छ ।’
सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थी राजनिति नभएको उनको दावि छ । ‘यस विश्वविद्यालयमा अहिले विद्यार्थी राजनिति छैन्,’ उनले भने,‘अब, विश्वविद्यालय सुधारका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’
प्राध्यापकहरुका कारण विश्वविद्यालयको बदनाम भएको उनको भनाई छ । ‘यस विश्वविद्यालयका प्राध्यापकहरुका कारण समय–समयमा विश्वविद्यालय विवादमा आउने गरेको छ,’ उनले भने ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई संघीय सरकारमै राख्न सडक र सदनमा संघर्ष गर्नुपर्ने विद्यार्थी नेता अच्युत कलौनी बताउँछन् ।
‘विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउनका लागि गरिएको प्रस्ताव सच्याउनका लागि अब संघर्ष गर्नुपर्छ,’ उनले भने,‘सडकमा हामी आवाज उठाउँछौं, सदनमा यहाँ सांसदहरुले आवाज उठाउनुपर्छ ।’
सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति तत्काल नियुक्त गरिनुपर्ने उनको भनाई छ ।