एजेन्सी
नयाँदिल्ली । चक्कु प्रहार गर्ने धम्की दिँदै २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ ।
भारतको तमिलनाडु स्थित भेलोर जिल्लामा तीनजनाको समूहले युवतीलाई चक्कु प्रहार गर्ने धम्की दिँदै बलात्कार गरेको घटना सार्वजनिक भएको छ । निर्भया बलात्कारका दोषीलाई मृत्युदण्डको सजाय सुनाएको एक महिना नपुग्दै यस्तो घटना भएको हो ।
भारतीय मिडियाका अनुसार सार्वजनिक पार्कमै ती युवतीको साथमा रहेका पुरुष साथीलाई कुटपिट गरी लखेटिएको थियो । स्थानीय समय अनुसार शनिबार राति सबा ९ बजे यस्तो घटना भएको भेलोर प्रहरीले जनाएको छ ।
तीनजनाको समूहबाट खोस्ने प्रयास गरेका युवाकलाई भने उनीहरुले कुटपिट गरी लखेटेका थिए । बलात्कारपछि युवतीको सेल फोन र गहना समेत चोरेर लगेको बताइएको छ । ‘जब युवती घर पुगिन् उनले कुटपिटसँगै मोबाइल र गहना चोरिएको भनेर आफ्ना भाइलाई सुनाइन् । तर उनले बलात्कारको कुरा भनिनन् । उनीहरु सुरुमा उपचारका लागि अस्पताल पुगे । त्यहाँ उनले के भएको भनेर डाक्टरलाई भन्नैपर्ने भयो । त्यसपछि तुरुन्तै उनीहरु प्रहरी स्टेशनमा पुगे,’ अनुसन्धान अधिकृतले भने ।
प्रहरीका अनुसार उक्त घटना ‘भेलोर फोर्ट’ नजिकै भएको थियो । पीडितका अनुसार बलात्कारमा संलग्न तीन जनामध्ये एकजना ३ देखि ४५ वर्ष उमेर र अरु दुई २० वर्षजतिका थिए ।