श्रीमतीको हत्या गरी जलाउदै गर्दा, फरार भएका श्रिमान पक्राउ

Share post:

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

३२ वर्षीय मालती देवी नुनियाको हत्या गरेको आरोपमा प्रहरीले बाराको पचरौता नगरपालिका–१ स्थित पिपरपाती टोलका रामया महतोलाई पक्राउ गरेको हो ।

महतोले गत शुक्रबार श्रीमती मालतीको हत्या गरी सोही ठाउँको जमुनी नदी किनारमा जलाउँदै गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले शव जलिरहेको अवस्थामा फेला पारेको थियो । तर महतो भने फरार थिए । घटनापश्चात फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।

श्रोतonlinekhabar

ताजा समाचार