महेन्द्रनगर । महेन्द्रनगर जेसिस वर्ष २०२० को अध्यक्षमा हरिश भट्ट निर्वाचित भएका छन् । मंगलवार महेन्द्रनगरमा भएकोे चुनावबाट अध्यक्षमा भट्ट निर्वाचित भएका हुन ।
भट्टले १८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्दी लक्ष्मी थापा भट्टले १० मत पाए । महेन्द्रनगर जेसिसको नेतृत्व चयनका लागि सहमति नजुटे पछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो ।
मतदानमा २९ मत खसेको थियो । अध्यक्ष बाहेक अन्य पदाधिकारी भने निर्विरोध चयन भए । महेन्द्रनगर जेसिसको कार्यकारी उपाध्यक्षमा कबिराज अवस्थी, जानकी रोकाया निर्विरोध निर्वाचित भए ।
यस्तै उपाध्यक्षमा लक्ष्मण पन्त, तुलसी पन्त, सन्तोषी ऐर, प्रतिमा भट्ट, कोषाध्यक्षमा दिपेश जोशी निर्विरोध चयन भएका छन् ।