एमसीसी बारे अन्यौलता छैनः मन्त्री नेम्वाङ

Share post:

महेन्द्रनगर ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बारे अन्यौलता नरहेको बताएका छन् ।

बुधवार नेकपा कञ्चनपुरले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले एमसीसी बारे अमेरिकी दुतावासले स्पष्ट पारि सकेकाले यसमा टिकाटिप्पुणी गरेर अन्यौलता सृजना गर्नु बेअर्थ धारणा राखे ।

‘एमसीसीको बारे अमेरिकी दुतावासले एउटा स्वेत वक्तव्य जारी गर्दै यो एउटा नितान्त आर्थिक सहयोग हो भनेर स्पष्ट पारी सकेको छ, यसले एमसीसीबारेको अन्यौलता दुर भएको छ ।’ उनले भने, ‘दुतावासले सहयोग मात्र हो भने पछि भ्रममा पर्नु पर्दैन, टिकाटिप्पुणी गर्नु ठिक होइन ।’

यस्तै मन्त्री नेम्वाङले माहाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको समयमा नै निर्माण सम्पन्न हुने दाबी गरे । ‘केही समस्या देखिएका छन् । यस बारे हामी यहाँका जनप्रतिनिधिहरुसंग पनि छलफल गर्दै छौँ ।’ उनले भने, ‘जनताको इच्छा, चाहाना बमोजिम समयमा नै पुल निर्माण हुन्छ, अन्तरदेशीय सम्बन्ध विस्तारका लागि यो एउटा मुख्य आधार सावित हुने छ ।’

यस क्षेत्रको समृद्धिसंग जोडिएको महाकाली करिडोरमा देखिएका जटिलता हटाएर काम सुरु गर्न निर्देशन दिइएको उनको भनाइ छ ।

नयाँ क्षेत्रको पहिचान गरेर मन्त्रालयले काम गरिरहेको बताउँदै मन्त्री नेम्वाङले यातायातलाई व्यवस्थित गर्न पूर्व–पश्चिम विद्युतिय रेल सञ्चालन गरिने बताए ।

‘काँकडभिट्टादेखि महाकालीसम्म १०० किलोमिटर विद्युतिय रेल मार्ग खोल्नका लागि डिपिआर तयार भइरहेको छ ।’ उनले भने, ‘अगामी वर्षदेखि काम सुरुवात हुने छ ।’ बुटवलदेखि महाकालीसम्मको पूर्व–पश्चिम राजमार्गमा चार लेनको फराकिलो सडक निर्माण गर्ने काम सुरु गरिएको मन्त्री नेम्वाङको भनाइ छ ।

ताजा समाचार