महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित सिद्धनाथ सामुदायिक वनमा स्थानियले थापेको पासोमा चितुवा परेको छ ।
बुधवार वन गस्ती गर्ने क्रममा पासोमा चितुवा परेको भेटिएको शसस्त्र प्रहरी बल (बिओपी) ब्रह्मदेवका प्रहरी निरीक्षक रामराज खनालले बताए ।
खनालले भने ‘हाल चितुवा मरेको भने छैन,’ उनले थपे ‘चितुवाको उद्धारका लागी बर्दीयाबाट उद्धार टोली आउदैछन् ।’ पासोमा चितुवा फसेपनि उत्त पासो अन्य जनावरका लागी थापेको हुन सक्ने प्रहरी निरीक्षक खनालले बताए ।