एजेन्सी
भनिन्छ यो संसार नै प्रेमकै कारण अडिएको छ भनेर । यदी प्रेम नहुदो हो त यो संसारको नै सृष्टि हुने थिएन होला । भनिन्छ प्रेम त्याग पनि हो । अनि सर्मपण पनि हो । सच्चा प्रेमी प्रेमिकाले आफ्नो प्रेमका लागि केही न केही त त्याग गरेकै हुन्छ ।
यस्तै एउटा उदाहरणा बनेकी छिन् एक थाइ युवती । नान थिप्हारटन नाम गरेकी युवतीले हृदयघातका कारण आफ्नो प्रेमीको मृत्यु भएपछि उनको लाससँगै विवाह गरेकी छिन्।
प्रेमीको मृत्यु पश्चात् दाहसंस्कारको क्रममा उपस्थित भएकी उनले दाहसंस्कारकै क्रममा विवाह गरेकी हुन् । उनले आफले प्रेममा हुदाको समयमा बाचा कसम पुरा गर्नका लागि प्रेमीको शवसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत बताएकी छिन् ।
उनले आफ्नो मायाको समर्पणका लागि यस्तो गरेको बताउँदै भनिन् ‘उनको लाससँग विवाह पश्चात् मेरो मनमा शान्ति छाएको छ । प्रेमी प्रतिको त्यागका लागि यस्तो गरेको र अब आफ्नो बाँकी जिन्दगी प्रेमीको सम्झनामा एक्लै बिताउछु ।’