महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–१ हात्तीथलाका स्थानीय राम बहादुर बोहराको घरमा आगलागी भएको छ ।
गएराती चिसोबाट बच्नका लागि आगो बाल्ने क्रममा सल्केको आगोले बोहराको पुरै घर नष्ट भएको छ । ‘आगो बाल्ने क्रममा आगलागी भएको छ ।’ बेदकोट नगरपालिकाका प्रवक्ता नरेश सिंहले दैनिक सञ्चारसंग भने, ‘आगलागीबाट घर जलेर पुरै नष्ट भएको छ ।’
उनका अनुसार आगलागीबाट करिब १५ लाख बराबरको धनजनको क्षति भएको छ । आगलागीबाट घरभित्र रहेको लत्ताकपडा, खाद्यन्य लगायत अन्य पुरै सामान जलेर नष्ट भएको छ ।
घर पुरै नष्ट भएपछि बोहरा परिवारको बिचल्ली भएको छ ।
चिसोको समयमा बस्ने बासस्थान नै जलेर नष्ट भएपछि बोहरा परिवार खुला आकासमुनि बस्न बाध्य भएको छ ।
आगलागी पीडित बोहरालाई नगरपालिकाले सहयोग गर्ने बेदकोट नगरपालिकाका प्रवक्ता सिंह बताउँछन् ।