सिड्नी
अष्ट्रेलियाको जंगलमा लागेको विनाशकारी डढेलो निभाउने क्रममा विमान दुर्घटना भएको छ । जहाँ तीनजनाको मृत्यु भएको छ । बिहीबार बिहान डढेलो निभाउन खटाइएको ‘एयर ट्यांकर’ हराइरहेको थियो ।
न्यु साउथ वेल्सका अधिकारीहरुले उक्त विमान उडेको केही बेरमै दुर्घटना भएको जानकारी दिएका हुन् । विमान पहाडमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । अन्तर्राष्ट्रिय ुसि(१३०ु एयर ट्यांकर दुर्घटना भएको हो । न्यु साउथ वेल्सको दक्षिणी क्षेत्रस्थित बेगा उपत्याकास्थित हिउँले भरिएको पहाडमा विमान ठोक्किएको थियो ।
अष्ट्रेलियाको न्यु साउथ वेल्ससहित विभिन्न स्थानमा केही सातादेखि आगलागी भइरहेको छ । पछिल्लो समय डढेलोले विभिन्न स्थानमा असर पुर्याएको छ । साथै अवस्था झन् जटिल बन्दैगएको बताइएको छ । ट्राफिक प्रहरीले बिहीबार डढेलोका कारण विभिन्न स्थानका सडक समेत अवरुद्ध भएको जानकारी दिएको छ ।एजेन्सी