दाङ
बुहारीलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ गढवा गाउँपालिका–४, रामनगरका ६५ वर्षीय कूलमान कुँवर पक्राउ परेका छन्। ८ माघ राति साढे ८ बजे घरायसी विवादमा कूलमानले चक्कु प्रहार गर्दा २७ वर्षीया वसन्ता कुँवरको मृत्यु भएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार कूलमानले वसन्ताको पेट, ढाड र छातीमा चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएकी वसन्ताको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राति साढे ११ बजे मृत्यु भएको हो।
घटनाबारे अनुसन्धान जारी रहेको दाङ प्रहरी प्रवक्ता डीएसपी सुमीत खड्काले जानकारी दिए।