महेन्द्रनगर ।
टिप्परले किचेर महेन्द्रनगरमा एक महिलाको मृत्यु भएको छ ।
बिहिवार महेन्द्रनगरको चम्मन चोकमा से १ क ८८७ नम्बरको टिप्परले किचेर एक जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश केसीले दैनिक सञ्चारलाई बताए ।
मृतकको सनाखत हुन सकेको छैन् । अहिले चम्मन चोक क्षेत्र तनावग्रस्त भएको छ । सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।