टिप्परको ठक्करले मृत्यु भए पछि महेन्द्रनगर तनावग्रस्त, प्रहरीद्धारा ३ राउण्ड अश्रुग्यास प्रहार

विज्ञापन

Share post:

महेन्द्रनगर ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा टिप्परले किचेर एक बालिकाको मृत्यु भएपछि महेन्द्रनगर तनावग्रस्त भएको छ ।

घटनाको बिरोधमा स्थानीयहरुले नाराबाजीका साथै टिप्परमा ढुङ्गामुढा प्रहार गरेका छन् । स्थिती नियन्त्रणमा लिनका लागि प्रहरीले ३ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

बिहिवार महेन्द्रनगरको चम्मन चोकमा से १ क ८८७ नम्बरको टिप्परले किचेर एक जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश केसीले दैनिक सञ्चारलाई बताए ।

गिट्टी लिएर आउदै गरेको टिप्परले साइकलमा सवार बालिकालाई ठक्कर दिएको थियो । मृतकको सनाखत हुन सकेको छैन् । सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

ताजा समाचार