महेन्द्रनगर ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा टिप्परले किचेर एक बालिकाको मृत्यु भएपछि महेन्द्रनगष्र तनावग्रस्त भएको छ ।
घटनाको बिरोधमा स्थानीयहरुले नाराबाजीका साथै टिप्परमा ढुङ्गामुढा प्रहार गरेका छन् ।
स्थिती नियन्त्रणमा लिनका लागि प्रहरीले ३ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।
सम्बन्धित सामाग्री
- टिप्परको ठक्करबाट मृत्यु पछि महेन्द्रनगर तनावग्रस्त (फोटो फिचर)
- प्रहरीद्धारा ३ राउण्ड अश्रुग्यास प्रहार
- टिप्परले किचेर कञ्चनपुरमा एक जनाको मृत्यु
बिहिवार महेन्द्रनगरको चम्मन चोकमा से १ क ८८७ नम्बरको टिप्परले किचेर एक जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश केसीले दैनिक सञ्चारलाई बताए ।
गिट्टी लिएर आउदै गरेको टिप्परले साइकलमा सवार बालिकालाई ठक्कर दिएको थियो ।
मृतकको सनाखत हुन सकेको छैन् । सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।