कञ्चनपुरमा टिप्परले किचेर मृत्यु हुनेको पहिचान खुल्यो

Share post:

 महेन्द्रनगर । टिप्परले किचेर महेन्द्रनगरमा एक महिलाको मृत्यु भएको छ ।

बिहिवार महेन्द्रनगरको चम्मन चोकमा से १ क ८८७ नम्बरको टिप्परले किचेर भीमदत्त नगरपालीका–१६ की रमिता भट्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश केसीले दैनिक सञ्चारलाई बताए ।

अहिले महेन्द्रनगर तनाग्रस्त भएको छ । घटनाको बिरोधमा स्थानीयहरुले नाराबाजीका साथै टिप्परमा ढुङ्गामुढा प्रहार गरीरहेका छन् ।

ती नियन्त्रणमा लिनका लागि प्रहरीले ३ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

सम्बन्धित सामाग्री

ताजा समाचार