महेन्द्रनगर ।
टिप्परले किचेर मृत्यु भए पछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर तनावग्रस्त भएको छ ।
महेन्द्रनगर बसपार्क नजिकै चम्मनचोकमा टिप्परले किचेर भीमदत्त नगरपालिका–१६ गोबरिया बस्ने रमिता भट्टको मृत्यु भएपछि स्थानीय सर्वसाधरण ढुगामुढा गरेका थिए ।
सर्वसाधारणले प्रहार गरेको ढुगा लागेर ४ प्रहरी घाइते भएका छन् । घाइते हुनेहरुमा भगवती भट्ट, गणेश बोहरा, लोचन बहादुर चन्द र सन्तोषी जोशी छन् ।
उनिहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ । उनिहरुको खुट्टा, मुख, हात र टाउकोमा चोट लागेको छ । गिट्टी बोकेर आएको से १ क ८८७ नम्बरको टिप्परले किचेर साइकलमा सवार महिलाको घटनास्थलमा नै मृत्यु भएको थियो । टिपर चालक फरार छन् ।
घटना पछि महेन्द्रनगरको चम्मन चोक क्षेत्र तनावग्रस्त भएको छ । घटनाको बिरोध तथा प्रहरीले मुचुल्का नबनाएरै शव उठाएको भन्दै स्थानीयहरुले नाराबाजीका साथै टिप्परमा ढुङ्गामुढा प्रहार गरे ।
स्थिती नियन्त्रणमा लिनका लागि प्रहरीले ३ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सम्बन्धित सामाग्री