महेन्द्रनगर । टिप्परले किचेर महेन्द्रनगरमा एक महिलाको मृत्यु भएको छ ।
बिहिवार महेन्द्रनगर बसपार्क नजिकैको चम्मन चोकमा से १ क ८८७ नम्बरको टिप्परले किचेर बैतडीको दशरथचन्द नगरपालिस्थीत गुर्खाेलाकी रमिता भट्टको ज्यान गएको हो ।
महेन्द्रनगरको जनज्याती बहुमुखी क्याम्पसमा अध्ययनरत भट्ट नगरपालिका–१६ गोबरियामा डेरा गरि बस्दैँ आएकी थिईन् । उनि आफन्तलाई आफ्नै बिहेको निम्तो बाड्न हिडेको परिवार स्रोतले जनाएको छ ।
बिहेको कार्ड बाड्न जादाँ टिप्परको ठक्करबाट ज्यान गएको स्थानीयको भनाई छ ।
दुर्घटनापछि महेन्द्रनगर तनाग्रस्त भएको छ ।
घटनाको बिरोधमा स्थानीयहरुले नाराबाजीका साथै टिप्परमा ढुङ्गामुढा प्रहार गरेका छन् । स्थीत नियन्त्रणमा लिनका लागि प्रहरीले ३ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको जनाएको छ ।
सम्बन्धित सामाग्री