महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्क नजिकै चम्मन चोकमा महिलालाई किचेर फरार रहेका टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
टिप्पर चालक जयराज पनेरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेन्द्र चन्दले बताए । पनेरुमाथी अनुसन्धान भइरहेको छ ।
पूर्वदेखि पश्चिमतर्फ गिट्टी बोकेर आएको से १ क ८८७ नम्बरको टिप्परले किचेर साइकलमा सवार बैतडीको दशरथ चन्द नगरपालिका–१ गुरुखोला पुर्खैली घर भएर हाल भीमदत्त नगरपालिका– १६ गोबरिया बस्ने रमिता भट्ट (रोशनी) को घटनास्थलमा नै मृत्यु भएको थियो ।
त्यसपछि चालक फरार थिए ।
सम्बन्धित सामाग्री