टिप्परले किचेर युवती मृत्यु प्रकरणः विद्यार्थीहरु आन्दोलित, टायर बालेर चक्काजाम [भिडियो]

Share post:

महेन्द्रनगर । टिप्परले किचेर महेन्द्रनगरको जनज्योती बहुमुखी क्याम्पसमा अध्ययनरत रमिता भट्टको मृत्यु भए पछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

आफ्नो सहपाठीको मृत्यु घटनाको सत्य, तथ्य छानविन गरेर दोषि उपर कारबाहीको माग गरेर जनज्योती बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् ।

उचित क्षतिपुर्ति तथा दोषि उपर कारबाहीको माग गरेर सडक अवरुद्ध पारिएको विद्यार्थी लोकेन्द्र भण्डारीले दैनिक सञ्चारले बताए ।

उनिहरुले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भाँसी जनज्योती चोकमा टायर बालेर सडक अवरुद्ध पारेका छन् । टायर बालेर बिहानैदेखि उनिहरु प्रदर्शन गरिरहेका छन् ।

विद्यार्थीहरुले सडकमा टायर बाल्दा सवारी साधन ओहोरदोहोर गर्न सकिरहेका छैनन् । अन्य बाटो प्रयोग गरेर यात्रा गर्न यात्रुहरु बाध्य छन् ।

सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

बिहिवार दिउँसो भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्क नजिकै चम्मन चोकमा गिट्टी बोकेर आएको से १ क ८८७ नम्बरको टिप्परले किचेर साइकलमा सवार बैतडीको दशरथ चन्द नगरपालिका–१ गुरुखोला पुर्खैली घर भएर हाल भीमदत्त नगरपालिका– १६ गोबरिया बस्ने रमिता भट्ट (रोशनी) को घटनास्थलमा नै मृत्यु भएको थियो ।

त्यसपछि महेन्द्रनगरको चम्मनचोक क्षेत्र तनावग्रस्त भएको थियो । सर्वसाधरणहरुले ढुगामुढा गरेका थिए । जसमा ४ जना प्रहरी घाइते भए ।

टिप्परले किचेर रमिता मृत्यु प्रकरण:विद्यार्थीद्वारा आन्दोलन,महेन्द्रनगर तनावग्रस्त

Gepostet von Dainik Sanchar am Donnerstag, 23. Januar 2020


सम्बन्धित सामाग्री

ताजा समाचार