महेन्द्रनगर ।
टिप्परले किचेर मृत्यु भएकी रमिता भट्ट घटनाको सत्य, तथ्य छानविनको विद्यार्थी संगठनहरुले माग गरेका छन् ।
शुक्रवार नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्त विज्ञप्ती जारी गर्दै घटनाको सत्य, तथ्य छानविनको गरी दोषिमाथि कारबाहीको माग गरेको छ ।
सम्बन्धित सामाग्री
- सत्य, तथ्य छानविन गरी दोषिलाई कारबाहीको माग
- विद्यार्थीहरु आन्दोलित, टायर बालेर चक्काजाम
- रमिताको विवाह गर्ने सपना अधुरै रह्यो
- टिप्पर चालक पनेरु पक्राउ
- आफ्नै बिहेको निम्तो बाड्न हिडेकी थिइन रमिता !
- मृतकको पहिचान खुल्यो
- टिप्परको ठक्करबाट मृत्यु पछि महेन्द्रनगर तनावग्रस्त (फोटो फिचर)
- प्रहरीद्धारा ३ राउण्ड अश्रुग्यास प्रहार
- टिप्परले किचेर कञ्चनपुरमा एक जनाको मृत्यु
घटनाको सत्य, तथ्य छानविन गरी दोषिलाई प्रचलित कानून बमोजिम कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिका लागि जिल्लामा क्रियाशील विद्यार्थी संगठनहरुले स्थानीय प्रशासनसंग माग गरेका हुन ।
आफ्ना मागहरु बेवास्ता गरिए जस्तो सुकै कडा कदम चाल्न पनि तयार रहेको विद्यार्थीहरुको चेतावनी छ ।
‘टिप्पर र ट्याक्टरहरु नियन्त्रित गतिमा चल्नु पर्ने तर त्यसो नभइ नियम विपरित आममानिसलाई त्रासपूर्ण वातावरण सृजना गरी आतंक मचाउने काम भइरहेकोले यस्ता कानून विपरितका कार्यलाई सम्बन्धित सरोकारवाला निकायले नियन्त्रण गरी समय निर्धारण गरी सञ्चालनमा ल्याउन हुन अनुरोध गर्दछौँ ।’ नेवि संघ निवर्तमान केन्द्रीय सदस्य कैलाश चन्द, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष ललित एसके, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य केशव साउँद र अनेरास्ववियू जिल्ला सदस्य कमल रोकायाद्धारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
बिहिवार दिउँसो भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्क नजिकै चम्मन चोकमा गिट्टी बोकेर आएको से १ क ८८७ नम्बरको टिप्परले किचेर साइकलमा सवार बैतडीको दशरथ चन्द नगरपालिका–१ गुरुखोला पुर्खैली घर भएर हाल भीमदत्त नगरपालिका– १६ गोबरिया बस्ने रमिता भट्ट (रोशनी) को घटनास्थलमा नै मृत्यु भएको थियो ।
त्यसपछि महेन्द्रनगरको चम्मनचोक क्षेत्र तनावग्रस्त भएको थियो । सर्वसाधारणहरुले ढुंगामुढा गरेका थिए । जसमा ४ जना प्रहरी घाइते भएका थिए ।