महेन्द्रनगर । बिहिवार महेन्द्रनगर बसपार्क नजिकैको चम्मन चोकमा से १ क ८८७ नम्बरको टिप्परले किचेर बैतडीको दशरथचन्द नगरपालिस्थीत गुर्खाेलाकी रमिता भट्टको ज्यान गएको थियोे ।
महेन्द्रनगरको जनज्याती बहुमुखी क्याम्पसमा अध्ययनरत भट्ट भीमदत्त नगरपालीका–१६ गोबरियामा बस्दैँ आएकी थिईन् । उनि आफन्तलाई आफ्नै बिहेको निम्तो बाड्न हिड्डै थिइन् ।
बिहेको कार्ड बाड्न जादै गर्दा टिप्पर उनको लागी काल बनेर आयो । डेढ बर्ष अघि पहाड गाउँकै युवक प्रकास टेरसंग भागि विवाह गरेकी थिईन् रमिताले ।
यी पनि पढ्नुहोस्
- विद्यार्थी संगठनको अनुरोधः ‘टिप्पर र ट्याक्टर आतंक नियन्त्रण गरौँ’
- सत्य, तथ्य छानविन गरी दोषिलाई कारबाहीको माग
- विद्यार्थीहरु आन्दोलित, टायर बालेर चक्काजाम
- रमिताको विवाह गर्ने सपना अधुरै रह्यो
- टिप्पर चालक पनेरु पक्राउ
- आफ्नै बिहेको निम्तो बाड्न हिडेकी थिइन रमिता !
- मृतकको पहिचान खुल्यो
- टिप्परको ठक्करबाट मृत्यु पछि महेन्द्रनगर तनावग्रस्त (फोटो फिचर)
- प्रहरीद्धारा ३ राउण्ड अश्रुग्यास प्रहार
- टिप्परले किचेर कञ्चनपुरमा एक जनाको मृत्यु
प्रकास टेरका भाई महेश टेरले भने ‘डेढ बर्ष अघि दाजु प्रकाससंग रमिताको भागेर विवाह भएको थियो, ‘उनले भने, ‘साँस्कृतिक परम्परा अनुसार विवाह भएको थिएन, अहिले १३ माघमा विवाह हुन लागेको थियो ।’
रमिलाको विवाहका लागि पहाडमा केटा र केटीपक्षविच तयारी भईरहेको थियो ।
घटना पछि रमिताको परिवार तथा महेन्द्रनगरमा नै सन्नाटा छाएको छ । रमिताका श्रिमान ‘जो संग विवाह हुन लागेका थियो’ प्रकाश टेरले आफ्नो समाजिक सञ्जाल फेशबुक मार्फत भाबुक तथा रुवाउने स्टाटस् लेखेका छन् ।
प्रकाश टेरले आफ्नो फेसबुकमा यस्तो लेखेका छन्, ‘तेरो लागी रातो साडी ल्याइदिएको छु । पर्सि हाम्रो बिहे हो का गर्छस् छिटो आईजान, मेरो एक चिम्टी सिन्दुरका लागी तैले आफ्नो परिवार छाडेर मेरो साथ दिईस् तर मलाई बिचमै छोडेर किन गईस्,भन् त अब म एक्कलै यति लामो बाटो कसरी हिनु कति सपनाहरु थिए तैले किन धोका दिईस् मैले भनेको होईन तलाई केही हुनु पहिला म नै नरहु भनेर त अगाडी किन गईस् म एक्लै के गरु का जाऊँ भन त आइजान बिहे गरौला नी यार बिहेमा मेरो सिन्दुर तेरो सिउदोमा हेर्ने सपना छ मेरो । म नि छिट्टै आउछु बुडी नभुलिस् है मेरो प्रतिक्षा गरीस् । चखेवाको जोडी जस्तै थियो नि हाम्रो माया अब एक गएपछि अर्को आफै आउँछ ।’