महेन्द्रनगर । टिप्परले किचेर महेन्द्रनगरको जनज्योती बहुमुखी क्याम्पसमा अध्ययनरत रमिता भट्टको मृत्यु भए पछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
आफ्नो सहपाठीको मृत्युको घटनाको सत्य, तथ्य छानविन गरेर दोषि उपर कारबाहीको माग गरेर जनज्योती बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् ।
उचित क्षतिपुर्ति तथा दोषि उपर कारबाहीको माग गरेर सडक अवरुद्ध पारिएको विद्यार्थी लोकेन्द्र भण्डारीले दैनिक सञ्चारले बताए ।
यी पनि पढ्नुहोस्
- रमिताका श्रीमानले लेखे भावुक स्टाटस्ः ‘रातो साडी ल्याइदिएको छु’
- विद्यार्थी संगठनको अनुरोधः ‘टिप्पर र ट्याक्टर आतंक नियन्त्रण गरौँ’
- सत्य, तथ्य छानविन गरी दोषिलाई कारबाहीको माग
- विद्यार्थीहरु आन्दोलित, टायर बालेर चक्काजाम
- रमिताको विवाह गर्ने सपना अधुरै रह्यो
- टिप्पर चालक पनेरु पक्राउ
- आफ्नै बिहेको निम्तो बाड्न हिडेकी थिइन रमिता !
- मृतकको पहिचान खुल्यो
- टिप्परको ठक्करबाट मृत्यु पछि महेन्द्रनगर तनावग्रस्त (फोटो फिचर)
- प्रहरीद्धारा ३ राउण्ड अश्रुग्यास प्रहार
- टिप्परले किचेर कञ्चनपुरमा एक जनाको मृत्यु
उनिहरुले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भाँसी जनज्योती चोकमा टायर बालेर सडक अवरुद्ध पारेका छन् । टायर बालेर बिहानैदेखि उनिहरु प्रदर्शन गरिरहेका छन् ।
विद्यार्थीहरुले सडकमा टायर बाल्दा सवारी साधन ओहोरदोहोर गर्न सकिरहेका छैनन् । अन्य बाटो प्रयोग गरेर यात्रा गर्न यात्रुहरु बाध्य छन् । सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
बिहिवार दिउँसो भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्क नजिकै चम्मन चोकमा गिट्टी बोकेर आएको से १ क ८८७ नम्बरको टिप्परले किचेर साइकलमा सवार बैतडीको दशरथ चन्द नगरपालिका–१ गुरुखोला पुर्खैली घर भएर हाल भीमदत्त नगरपालिका– १६ गोबरिया बस्ने रमिता भट्ट (रोशनी) को घटनास्थलमा नै मृत्यु भएको थियो ।
त्यसपछि महेन्द्रनगरको चम्मनचोक क्षेत्र तनावग्रस्त भएको थियो । सर्वसाधारणहरुले ढुगामुढा गरेका थिए । जसमा ४ जना प्रहरी घाइते भएका थिए ।