घुस माग्ने कर्मचारी रंगेहात पक्राउ

Share post:

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको काठमाडौंको कुलेश्वरस्थित वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कर्मचारी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

बिजुलीको पोल राखिदिने विषयमा सेवाग्राहीसँग लिएको २५ हजार घुससहित २ जना कर्मचारी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ज्यालादारीमा कार्यरत कर्मचारी कृष्ण मुरारी चौधरी र बिजुलीको पोल गाड्ने काम गर्ने पुरुषोत्तम दाहाल छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौं महानगरपालिका–१४ स्थित गुडफुड तन्दुरी पसल अगाडिबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

ताजा समाचार