१५ वर्षीया बालिका बलात्कार गर्ने व्यक्ति ४ वर्षपछि पक्राउ

Share post:

काठमाडौं– मानसिक अवस्था ठीक नभएकी १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति १ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुङ्गाको साविक सिंहदेवी गाविस–७ घर भइ भक्तपुरको सिपाडोल बस्ने ५६ वर्षीय पूर्ण बहादुर खड्का छन् ।

उच्च अदालत पाटनको २६ कात्तिक २०७५ को फैसलाले खड्कालाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

अदालतले फैसला सुनाएदेखि फरार रहेका खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०बाट खटिएको टोलीले पक्राउ गरेको हो ।

सीआईबीका अनुसार खड्काले भक्तपुरको जगाती घर भएकी एक १५ वर्षीया मानसिक अवस्था ठीक नभएकी बालिकालाई १० रुपैयाँ दिएर ललाई फकाई बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार २१ फागुन २०७२ मा खड्काले मानसिक अवस्थामा ठीक नभएकी बालिकालाई सिसडोलस्थित आफ्नै घरमा बोलाएर जबरजस्ती करणी गरेका थिए ।

ताजा समाचार