गर्भवतीलाई अमेरिका जान कडाइ

Share post:

वासिङ्टन । अमेरिका प्रवेशका लागि भिजा सम्बन्धी नयाँ नियम जारी भएको छ । अमेरिकामा ‘बर्थ टुरिजम’ रोक्नका लागि ट्रम्प प्रशासनले नयाँ नियम ल्याएको बताइन्छ । जस अनुसार अमेरिकामै जन्मिएका विदेशी आमाका शिशुलाई स्वतः अमेरिकी नागरिकता दिने नियम थियो ।

नयाँ नियम अनुसार अब बच्चा जन्माउनकै लागि अमेरिका जान चाहनेहरुको आवेदन रद्द हुनेछ । यदी स्वास्थ्योपचारका लागि अमेरिका प्रस्थान गर्ने अन्य विदेशी सरह गर्भवती महिलाका लागि पनि उपचार खर्च, यातायात र बसोबास खर्चको प्रमाण खोजिनेछ ।

साथै भिजा आवेदन गर्दा अस्पताल र चिकित्सकसँग गरिएका सम्झौता देखाइएको खण्डमा उनीहरुको नियत असल रहेको ठहर अध्यागमनले गर्नेछ । यस्तो अध्यागमन नियमले दुरुपयोग रोक्ने र अमेरिकालाई राष्ट्रिय सुरक्षाको चेतावनीबाट रोक्ने काम गर्ने अपेक्षा राखिएको छ ।

यस्तो नियम ह्वाइट हाउसले अमेरिकी करदाताहरुको पक्षमा रहेको जनाएको छ । साथै अमेरिकी नागरिकको निष्ठाको संरक्षण गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय नक्कली भिजा वा कर छलीका कारण अधिकारीहरु पक्राउ पर्ने क्रम बढेपछि अमेरिकाले कडाइ गरेको हो । ‘बर्थ टुरिजम’का लागि अमेरिका जानेमध्ये सबैभन्दा धेरै चीन र रुसबाट जाने छन् ।

ताजा समाचार