लिबिया । सन् २०१२ मा लिबियाको बेंगाजीस्थित अमेरिकी नियोगमा आक्रमण भएको थियो । उक्त आरोपमा पक्राउ परेका ४७ वर्षिय लिबियाली नागरिकलाई १९ वर्षको जेल सजाय सुनाइएको छ ।अमेरिकी विशेष फौजले ४७ वर्षिय मुस्ताफ अलइमामलाई लिबियाबाट पक्राउ गरिएको थियो । उनी माथि आतंकवाद तथा अन्य अपराधमा मुद्धा चलाइएको हो ।
मुस्तफालाई १९ वर्ष ६ महिनाको जेल सजाय तोकेको छ । सन् २०१२ मा लिबियाको बेंगाजीमा भएको आक्रमणमा अमेरिकी राजदूत क्रिस स्टिभेन्स र अन्य तीन अमेरिकी मारिएका थिए ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उक्त जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई कडा सजाय दिने प्रतिक्रिया दिएका छन् । सन् २०१७ मा लिबियामा इमामलाई अमेरिकी विशेष फौजले अमेरिका ल्याएको थियो ।
उक्त आक्रमणका अर्को दोषी अहमद अबु खट्टालालाई पनि २२ वर्षको जेल सजाय भएको छ । राजदूत स्टिभेन्सको मृत्युले अमेरिकी राजनीतिमा ठूलो तरंग ल्याएको थियो । तत्कालिन अमेरिकी विदेश मन्त्री हिलारी क्लिनटनमाथि लिबिया मामिलामा पर्याप्त सावधानी अपनाउन नसकेको भन्दै तीव्र आलेचना भएको थियो ।