पर्यटकीय स्थल सिद्ध सरोवरतालमा बेदकोट नगरपालिकाको छैटौँ नगरसभा सम्पन्न

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको बेदकोट नगरपालिकाको छैटौँ नगरसभा शनिवार सम्पन्न भएको छ ।

बेदकोट नगरपालिका–६ मुसेपानीस्थित पर्यटकीय स्थल सिद्ध सरोवरतालमा नगरपालिकाको छैटौँ नगरसभा सम्पन्न भएको हो ।

अहिलेसम्म भएका कामहरुको समिक्षा गर्दै पर्यटकीय स्थल सिद्ध सरोवरतालमा नगरको नियमित छैटौँ नगर सभा सम्पन्न भएको बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले दैनिक सञ्चारलाई बताए ।

छाडा चौपायाको समस्या समाधानका लागि प्रत्येक वडामा गौशाला निर्माण गर्ने निर्णय गरिएको छ ।

नगर प्रमुख चन्दका अनुसार नगरसभामा केही नियम कानून टेबुल गर्ने, अहिलेसम्मका योजनामध्ये केही संसोधन गर्ने, प्रत्येक वडामा दीर्घकालिन रुपमा छाडा चौपाया व्यवस्थापनका गौशाला निर्माण गर्ने, अहिलेसम्म भएका कामको समिक्षा र अगामी योजनाको बारे छलफल भएको छ ।

Image may contain: 1 person, outdoor

ताजा समाचार