महेन्द्रनगर । कञ्चनपुरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा १० महिना देखी लगाइएको तालाबन्दी १५ दिका लागी खोलीएको छ ।
काँग्रेस निकट नेपाल विद्यार्थी संघले उपकुलपति र रजिष्ट्रार नियुक्तीको विषयलाई लिएर केन्द्रीय कार्यालयमा गत चैत २७ गते गरेको तालाबन्दी शनिवार खोलिएको छ ।
शनिवार एउटै विश्वविद्यालयमा २/२ उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको भन्दै लगाइएको तालाबन्दी १० महिना पछि १५ दिनका लागी खोलिएको हो ।
विश्वविद्यालयमा उत्पन्न विवाद समाधान व्यवस्थित गर्नका लागी उच्च स्तरीय कार्यदल गठन भएको र सो कार्यदल विवाद समाधान तर्फ उन्मुख भएको र उपकुलपति र रजिष्ट्रारको पदावधि सकिएको हुँदा कार्यदलको उपरोक्त कार्यमा सहजिकरण होस् भन्ने उद्देश्यले १५ दिनका लागि ताला खोलीएको नेविसंघ सुदूरपश्चिम विश्वविद्यालय समन्वय समिति महेन्द्रनगरले जनाएको छ ।
शनिवार प्रेस विज्ञप्ति जारी गर्दैै उपकुलपति र रजिस्ट्रारको पदावधि सकिएको हुँदा कार्यदललाई काम गर्न सहिजिकरण होस् भन्ने उद्देश्य ताला खोलीएको छ ।
यद्यपि नेविसंघ सुप विश्वविद्यालय समन्वय समितिको माग बमोजिमका काम नभएको अवस्थामा थप आन्दोलनका कार्यक्रम गर्ने अल्टिमेटम सहित तालाबन्दी खोलीएको नेविसंघ सुप विश्वविद्यालय समन्वय समितिले जनाएको छ ।
नेविसंघ सुप विश्वविद्यालय समन्वय समितिका संयोजक कैलास चन्दले उपकुलपति र रजिष्ट्रार हुँदाहुँदै अर्का उपकुलपति र रजिष्ट्रार नियुक्त गरेर उक्त विवाद सिर्जना भएको बताए । उनले भने ‘उपकुलपति र रजिस्ट्रारको पदावधि सकिएको हँुदा कार्यदललाई काम गर्न सहजिकरण होस् भन्ने उद्देश्यले १५ दिनका लागी तालाबन्दी खोलिएको हो ।’ उनले थपे ‘ हाम्रो समन्वय समितिको माग बमोजिमका काम नभएमा थप आन्दोलन गर्ने छौ ।’
केन्द्रीय कार्यालयमा तालाबन्दी गरेसंगै विश्वविद्यालयको प्रशासनिक कामकाज ठप्प रहेका थिए । केन्द्रीय कार्यालयका कर्मचारी पनि तालाबन्दी भएपछि बाहिरै बसेर सामान्य कामकाज गर्ने गरेका थिए ।
यस अघि सरकारले विश्वविद्यालयको सेवाबाट हटाएका तत्कालिन उपकुलपति डा. भूषण श्रेष्ठ र रजिष्ट्रार डा.द्विजराज भट्टको कार्यालकाल नसकिदैँ नयाँ उपकुलपतिमा डा. पुर्ण बहादुर चन्द र रजिष्ट्रारमा डा. गोबिन्द सिह विष्टलाई निमित्तको जिम्मेवारी दिएको थियो ।